कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

‘इनफ इज इनफ’ अभियानले फेरि थाल्यो सत्याग्रह 

काठमाडौँ — ‘इनफ इज इनफ’ अभियानले दोस्रो सत्याग्रह सुरु गरेको मंगलबार चार दिन पुगेको छ । सरकारले आफ्ना मागहरु कार्यन्वयन नगरेको भन्दै अभियानले बसन्तपुरबाट पुनः सत्याग्रह थालेको हो । अभियान्ता ईः लगायतका अभियान्ताहरु सत्याग्रहमा सहभागी भएका छन् ।

‘इनफ इज इनफ’ अभियानले फेरि थाल्यो सत्याग्रह 

आफ्ना मागहरुको खबरदारी गर्नका लागि मंगलबार बसन्तपुरमा युवाहरुले प्लेकार्ड बोकेर प्रर्दशन गरेका थिए ।


दुई हप्ता मात्र अगाडि १२ दिनको सत्याग्रह बसेको यो टोलीले असार २३ गते सरकारले उनीहरुको माग पूरा गर्ने भनेर प्रतिबद्धता जनाउँदै अनसन तोडाएको थियो । अभियानले स्वास्थ्य मन्त्रालयसँग १२ बुँदे मागहरु पूरा नभएको भन्दै फेरि अनसन सुरु गरेको हो ।


पीसीआर परीक्षणको दायरा बढाउन तथा कोरोना रोकथाममा प्रभावकारी कदम चाल्नुपर्ने माग राख्दै आएर अनशनकारीहरु बसेका हुन् ।


बुधबार पनि यो अभियानले कोभिड १९ को व्यवस्थापनमा हेलचक्राइँ र अनिमियतताख विरुद्ध भन्डाफोर अभियान भन्दै स्वास्थ्य जनसंख्या मन्त्रालयमा आरटिआइ दर्ता गर्ने कार्यक्रम राखेको छ भने सम्पत्ति छाननि र भ्रष्टाचार र मुद्धा दर्ता गर्ने कार्यक्रम गर्ने भएको छ ।

प्रकाशित : श्रावण ६, २०७७ १९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?