१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

विपद् व्यवस्थापन : सेनाका तीन स्काईट्रक र १० हेलिकप्टर तयारी अवस्थामा

जगदीश्वर पाण्डे

काठमाडौँ — अविरल वर्षापछि मुलुकभर बाढीपहिरो बढेसँगै उद्धार र राहतका लागि नेपाली सेनाले तयारी अवस्थामा बसेको जनाएको छ । उद्धार र राहतका लागि नेपाली सेनाले चार ठाउँमा तीन स्काईट्रकसहित १३ ओटा हवाई साधन तयारी अवस्थामा राखेको छ । सेनाले तीन स्काईट्रक र १० ओटा हेलिकप्टरहरु चार फरक स्थानमा आवश्यकता अनुसार तैनाथ गरेर राखेको हो । पश्चिम एयरबेस सुर्खेतमा एक–एकवटा स्काईट्रक, एमआई–१७ र इकुरेल खटाइएको छ ।

विपद् व्यवस्थापन : सेनाका तीन स्काईट्रक र १० हेलिकप्टर तयारी अवस्थामा

यस्तै, मध्य एयरबेस काठमाडौंमा दुई वटा स्काईट्रकसहित एमआई–१६, इकुरेल, अगस्टा, पिपर र कासा हेलिकप्टर तयारी अवस्थामा राखिएको छ । पूर्व एयरबेस सुनसरीको इटहरीमा एक बेल हेलिकप्टर र चितवनको भरतपुरमा एक एमआई–१७ हेलिकप्टर तयारी अवस्थामा छ ।

सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलका अनुसार सेनाले विपद् व्यवस्थापनका लागि ती साधनहरुलाई यसअघि म्याग्दी, सिन्धुपाल्चोक, तनहुँ र म्याग्दीलगायतका स्थानमा प्रयोगमा पनि ल्याइसकेको छ ।

यस्तै, सेनाले प्रदेश–२ को रौतहटको गौर नगरपालिका छठघाट इलाका र गढीमाई नगरपालिका–१ समनपुरमा हेलिकप्टर आवत–जावतका लागि अस्थायी हेलिप्याड बनाएको छ ।

प्रवक्ता पौडेलले नेपालका विभिन्न स्थानमा १८ वटा फिल्ड अस्पताल तयारी अवस्थामा रहेको बताए । सेनाले नेपालगन्ज, पोखरा र इटहरीका तीनै सैनिक अस्पतालमा ५०–५० जनाको उपचार गर्न सकिने बताएको छ ।

विपद् व्यवस्थापनका लागि सेनाको प्रत्येक पृतना र गणहरुमा आवश्यक स्रोत साधनसहितको फौज तैनाथ रहेको पौडेलले बताए । ‘सेनाले विपद् व्यवस्थापन निर्देशनालय अन्तर्गत विपद् व्यवस्थापन गणले देशका ८ स्थानहरु (इटहरी, सिरहा, गजुरी, भैरहवा, नेपालगन्ज, कैलाली, चितवन र पोखरा) मा फौज परिचालन गरेको छ,’ पौडेलले भने । उनले इन्जिनियरिङ विभाग तथा विपद् व्यवस्थापन निर्देशनालयअन्तर्गत हेभी सामग्री तथा सावरी साधनहरु तयारी अवस्थामा राखिएको पनि जानकारी दिए ।

‘केन्द्रीय रिजर्भको रुपमा विशेष बाहिनी, इन्जिनियर गण र मेडिकल टिमसहित विपद् पर्दा छिटो प्रतिकार गर्ने टोली काठमाडौंको विमानस्थलमा तयारी अवस्थामा बसिरहेका छन्,’ उनले भने । धादिङ, चितवन र रौतहटमा बाढीमा फसेका व्यक्तिको उद्धारका सेनाको टिम तयारी अवस्थामा रहेको छ ।

प्रकाशित : श्रावण ६, २०७७ १३:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?