बुधबारसम्म देशभरका अधिकांश स्थानमा वर्षा हुने

काठमाडौँ — आगामी बुधबारसम्म देशभरका अधिकांश स्थानमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले प्रक्षेपण गरेको छ । महाशाखाको जल तथा मौसम विज्ञान विभागले बुधबारसम्म प्रदेश १,२,गण्डकी र वाग्मती प्रदेशका केही स्थानमा भारी वर्षा हुने र अन्य प्रदेशहरुमा कम वर्षा हुने प्रक्षेपण गरेको छ । 

बुधबारसम्म देशभरका अधिकांश स्थानमा वर्षा हुने

बिहीबारदेखि वर्षाको गतिविधिमा केही कमी आउने महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले भने,'बिहीबारदेखि न्यून चापीय रेखा केही तल सर्ने भएकाले वर्षाको गतिविधिमा केही मात्रामा कमी आउनेछ ।' पश्चिम क्षेत्रमा पूर्वको तुलनामा कम पानी आउने र वर्षाको गतिविधि केही मात्रामा कमी आउने उनले बताए ।

यस्तै, सोमबार र मंगलार मुलुकका अधिकांश स्थानमा वर्षा हुने उनले बताए । सबै प्रदेशका थोरै स्थानहरुमा भारी वर्षा हुने प्रक्षेपण गरिएको प्रधानाङ्गले जानकारी दिए । सोमबार मुलुकभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

वर्षासँगै नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुनसक्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले सबैसँग अनुरोध गरेको छ । विभागका अनुसार हाल मनसुनी न्यूनचापीय रेखा नेपालतिर सरेको अवस्था छ ।

प्रकाशित : श्रावण ५, २०७७ १७:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?