कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

राजविराजमा कोरोनाबाट मृत्यु भएका वृद्धको परिवारका सबैलाई कोरोना 

अवधेशकुमार झा

राजविराज — कोरोना संक्रमण पुष्टि भएपछि मृत्यु भएका राजविराज नगरपालिका–६ का ७२ वर्षीय वृद्धकाे परिवारका सबैलाई कोरोना संक्रमण पुष्टि भएको छ । 

राजविराजमा कोरोनाबाट मृत्यु भएका वृद्धको परिवारका सबैलाई कोरोना 

मुटुमा समस्या भएपछि गत असार ३० गते उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरिएका ती वृद्धको कोरोना संक्रमण परीक्षणको रिर्पोट साउन १ गते साँझ आएको र सोही राति नै उनको मृत्यु भएको थियो ।

मृत्युपछि उनको परिवारका सबै सदस्य र उनको पसलका कामदारहरु गरी २३ जनाको स्वाब संकलन गरिएको थियो । जसमध्ये उनको परिवारका २ पुरुष र ३ महिलामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जनाएका छन् । उनको पसलमा काम गर्ने अन्य १६ जनाको रिर्पोट आइनसकेको यादवले बताए ।

लकडाउन सुरु हुनुभन्दा अगाडि नै उपचारका लागि दिल्ली गएका ती वृद्ध लडकाउनकै अवधिमा दिल्लीबाट बिहारको दरभंगामा आएर बसेका थिए । १३ दिनअघि मात्र नेपाल आएका उनी क्वारेन्टाइनमा नगएर घरमै ‘होम क्वारेन्टाइन’ बस्दै आएका थिए ।

स्वास्थ्य प्रमुख यादवका अनुसार आइतबार मात्र सप्तरीमा ११ जना संक्रमित थपिएका छन् । यो समेत जिल्लामा कोरोना संक्रमणबाट एक जनाको मृत्यु हुनाका साथै ३ सय ७७ जना संक्रमित भएको र २ सय जना निको भएर घर फर्किसकेका छन् ।

प्रकाशित : श्रावण ४, २०७७ १४:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?