३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

खुडोल फाँटमा खोकनावासीले रोपे धान

तस्बिर : बिजु महर्जन

काठमाडौँ — खुडोल फाँटमा शनिबार खोकनावासीले सांकेतिक विरोध गरेका छन् । उनीहरुले धान रोपेर र भटमासको बिउ छर्दै सांकेतिक रुपमा विरोध जनाएका हुन् ।

खुडोल फाँटमा खोकनावासीले रोपे धान

यसअघि खुडोल फाँटमा धान रोप्‍न जाँदा प्रहरी र स्थानीयबीच झडप हुँदै आएको थियो । खुडोल क्षेत्रमा शनिबार प्रहरीको उपस्थिती नभएपछि खोकनावासीले धान रोपेका हुन् ।


खुडोल फाँट काठमाडौं–तराई जोड्ने द्रुतमार्ग (फास्ट ट्रयाक) को ‘जिरो किलोमिटर’हो । सो क्षेत्रको जग्गा सरकारले अधिग्रहण गरेको छ । तर, स्थानीयले भने मुआब्जा लिइसकेका छैनन् ।


उनीहरुले सरोकारवालासँग छलफल नै नगरि एकलौटी ढंगबाट तयार गरेको मुआब्जा स्वीकार नभएको, फास्ट ट्रयाकसँगै वाग्मती करिडोर, १ सय ३३ केभी प्रसारण लाइन, बाहिरी चक्रपथको विन्दु पनि खोकना फाँटमै पर्ने भएकाले मौलिक बस्तीको अस्तित्व सखाप हुने भन्दै विरोध जनाउँदै आएका छन् ।

यो पनि पढ्नुहोस्ः

खोकनावासी र प्रहरीबीच हाते ट्याक्टर खोसाखोस

प्रकाशित : श्रावण ३, २०७७ १७:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?