कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

कोरोनाले सप्तरीका एक जनाको मृत्यु

अवधेशकुमार झा

सप्तरी — कोरोना संक्रमणबाट सप्तरीमा एक व्यक्तिको निधन भएको छ । राजविराज नगरपालिका–६ का ७२ वर्षीय पुरुषको बिहीबार राति ११ बजे धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारकै क्रममा निधन भएको हो ।

कोरोनाले सप्तरीका एक जनाको मृत्यु

मुटुका रोगी रहेका ती पुरुषको स्वास्थ्यमा समस्या देखिएपछि परिवारले असार ३० गते बीपी प्रतिष्ठान पुर्‍याएको थियो । उपचारअघि अस्पतालमै उनको स्वाब संकलन गरी परीक्षण गरिएकोमा बिहीबार बिहान पोजिटिभ रिपोर्ट आएको थियो । उनको उपचारकै क्रममा निधन भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियाँलाल यादवले बताए ।

प्रकाशित : श्रावण २, २०७७ ०९:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

मन्त्रीहरुले आफ्ना र दलका शीर्ष नेताका निर्वाचन क्षेत्र केन्द्रित गरी विनियोजित बजेटमा सांसदहरूले संसद्मा गरेको विरोधबारे तपाईंको धारणा के छ ?

x