कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

नेपाल टेलिकमको सर्भर ह्याक गर्ने व्यक्ति पक्राउ

काठमाडौँ — नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नेपाल टेलिकमको सर्भर ह्याक गर्ने व्यक्ति पक्राउ गरेको छ । नेपाल टेलिकमको मोबाइल एपको सर्भर सिस्टमभित्र गैरकानुनी रुपमा पहुँच बनाउने धनकुटाका २८ वर्षीय दिवाकर देउजालाई ब्युरोले असार ३१ गते धनकुटाबाट पक्राउ गरेको हो ।

नेपाल टेलिकमको सर्भर ह्याक गर्ने व्यक्ति पक्राउ

उनी सहरी विकास तथा भवन कार्यालय धनकुटामा कम्प्युटर अपरेटर पदमा कार्यरत रहेको ब्युरोका प्रवक्ता डीएसपी वेलबहादुर पाण्डेले जानकारी दिए । उनले नेपाल टेलिकमको प्याकेज प्रयोग तथा बिक्री समेत गरेका थिए ।

प्रविधिको प्रयोग गरी अनाधिकृत रुपमा नेपाल टेलिकमको सर्भर प्रणालीमा देउजाले पटक-पटक पहुँच बनाएका दिए । टेलिकमले असार १२ गते दिएको उजुरीपछि अनुसन्धान गरी उनलाई पक्राउ गरिएको डीएसपी पाण्डेले जानकारी दिए ।

विद्युतीय कारोबार ऐन २०६३ बमोजिम आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउनका लागि देउजालाई बिहीबार नै नेपाल प्रहरी साइबर ब्युरो, काठमाडौं पठाइएको छ ।

प्रकाशित : श्रावण १, २०७७ १४:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?