३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

सिनासलाई जगमान गुरुङको आग्रह : अयोध्याबारे खोज अनुसन्धान गर्नुस्

गणेश राई

काठमाडौँ — नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति जगमान गुरुङले रामको जन्म भएको अयोध्या भारतमा नभई नेपालमा रहेको प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिको खोज तथा अनुसन्धान आवश्यक रहेको बताएका छन् ।

सिनासलाई जगमान गुरुङको आग्रह : अयोध्याबारे खोज अनुसन्धान गर्नुस्

नेपाल तथा एसियाली अध्ययन केन्द्र (सिनास) को ४९ औं स्थापना दिवसको कार्यक्रममा बोल्दै उनले भने, 'प्रधानमन्त्रीले बोल्नु भएको कुराको आधारमा सिनासले पनि थप खोज तथा अनुसन्धान गर्नु आवश्यक छ ।'

सोमबार भानुजयन्तिको अवसरमा बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले रामको जन्म भएको अयोध्या वीरगञ्जदेखि पश्चिम ठोरीमा रहेको बताएका थिए । उनले भारतले अर्कै अयोध्या खडागरी सांस्कृतिक अतिक्रमण गरेको बताएका थिए । उनको यो अभिव्यक्तिको सामाजिक संजाल तथा भारतीय मिडियामा चर्को विरोध भएको थियो । उनको अभिव्यक्तिपछि परराष्ट्र मन्त्रालयले यो भनाई राजनीतिक नभएको र खोज तथा अनुसन्धानको विषय हुनसक्ने बताएको थियो ।

प्रकाशित : श्रावण १, २०७७ १२:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?