कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मेलम्चीमा बेपत्ता खोज्‍न गएको सशस्त्र प्रहरीको डुंगा दुर्घटना

एक जना घाइते
अनिश तिवारी

सिन्धुपाल्चोक — मेलम्ची खानेपानी आयोजनाको गेट फुटेर बेपत्ताको खोजीमा गएको सशस्त्र प्रहरीको डुंगा दुर्घटना हुँदा एक जना घाइते भएका छन् । विपद् उद्धार नम्बर २० गण सिनामंगलबाट सशस्त्र प्रहरी निरीक्षक नन्दकिशोर महतोको कमाण्डमा खटिएको टोली चढेको बोट पल्टिँदा प्रहरी जवान रामजी भण्डारी सामान्य घाइते भएका हुन् ।

मेलम्चीमा बेपत्ता खोज्‍न गएको सशस्त्र प्रहरीको डुंगा दुर्घटना

उनको मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिए ।

बोट पल्टिएपछि उनीहरु सय मिटर परसम्म बगेको प्रहरी निरीक्षक तामाङले बताए । बोटमा रहेका ७ जनामध्ये ५ जना पौडिएर बाहिर आएको र दुई जना नदीको बीचमा रहेको उनले बताए । उनीहरु सकुशल रहेको उद्धार भइरहेको उनले जानकारी दिए ।

मंगलबार दिउँसो मेलम्ची खानेपानी आयोजनाको अम्बाथान अडिटको गेट नम्बर १७ फुट्दा निस्किएको पानीले दुई बेपत्ता र दुई जनालाई घाइते बनाएको थियो । बेपत्ता भएका जनकपुरका इन्जिनियर सतिश गोहितको शव बुधबार दिउँसो इन्द्रावती खोलाको बाहुनेपाटीमा फेला परेको थियो । जसमध्ये आयोजनामा कार्यरत कर्मचारी सवारी चालक ५५ वर्षीय राधाकृष्ण थापामगर भने अझै बेपत्ता छन् ।

सम्बन्धित समाचार

मेलम्ची सुरुङ : सात दिन पनि टिकेन अडिटको मुख्य गेट, पुगेन प्राविधिक टोली

प्रकाशित : श्रावण १, २०७७ १०:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?