कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

ओलीले विश्‍वभरका हिन्दुहरुको भावनामा चोट पुर्‍याए : करण सिंह

सुरेशराज न्यौपाने

नयाँदिल्ली — नेपाल-भारत सम्बन्धका जानकार तथा भारतका वरिष्ठ राजनीतिज्ञ करण सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीले रामका सम्बन्धमा दिएको अभिव्यक्तिले विश्वभरका हिन्दुहरुको भावनामा चोट पुगेको बताएका छन् । सिंहले बुधबार विज्ञप्ति निकालेर प्रधानमन्त्री ओलीको राम पूर्वी नेपालमा जन्मिएको र भारतले कृत्रिम रुपमा अयोध्या निर्माण गरेको भन्ने भनाइको असामान्य कुरा गरेको टिप्पणी गरे ।

ओलीले विश्‍वभरका हिन्दुहरुको भावनामा चोट पुर्‍याए : करण सिंह

‘यो अपमानजनक अभिव्यक्तिले नेपाल र भारतका मात्र नभएर विश्वभरका हिन्दुहरुको भावनामा चोट पुगेको छ,’ विज्ञप्तिमा छ ।

असंगत अभिव्यक्ति दिएर प्रधानमन्त्री ओलीले नेपाल र भारतबीचको दूरी बढाउने नियत राखेको सिंहले आरोप लगाएका छन् । साथै दुवै देशका विवेकशील नागरिकहरुले यस किसिमका कदमप्रति सम्बन्धमा सचेत रहनु पर्ने र दुवै देशबीच युगौं पुरानो मित्रवत् सम्बन्ध जोगाउन हरसम्भव प्रयास गर्नुपर्ने बताए ।

प्रधानमन्त्री ओलीले भानुजयन्तीको अवसरमा बालुवाटारमा आयोजित कार्यक्रममा सीता भारतका नभएर अयोध्याका रामलाई दिएको र त्यो अयोध्या वीरगन्ज पश्चिमको गाउँ भएको विवादास्पद अभिव्यक्ति दिएका थिए । ओलीको यही भनाइलाई लिएर नेपाल-भारतमा आलोचना भइरहेको छ । भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा), विपक्षी भारतीय राष्ट्रिय कांग्रेसदेखि भारतका सन्त–महन्तहरुले समेत चर्को विरोध गरेका छन् । भारतीय सन्तमहन्तहरुको छाता संगठन राष्ट्रिय अखाडा परिषद्ले ओलीले माफी माग्नु पर्ने बताएको छ ।

प्रकाशित : असार ३१, २०७७ १८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?