बलात्कार आरोपमा सशस्त्रका एसएसपी राजेन्द्र अधिकारी पक्राउ

काठमाडौँ — बलात्कारको आरोपमा सशस्त्र प्रहरी बल हुल तथा दंगा व्यवस्थापन शिक्षालय लामापाटन पोखराका प्रमुख एवं एसएसपी राजेन्द्र अधिकारी पक्राउ परेका छन् ।

बलात्कार आरोपमा सशस्त्रका एसएसपी राजेन्द्र अधिकारी पक्राउ

चितवनकी २७ वर्षीया महिलालाई तालिम केन्द्रमा बोलाएर बलात्कार गरेको आरोपमा एसएसपी अधिकारीलाई नियन्त्रणमा लिइएको गण्डकी प्रदेश प्रहरीकी प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरीक्षक किरण राणाले कान्तिपुरलाई बताइन् । ती महिला पोखरास्थित मामाघरमा बस्दै आएकी थिइन् । पीडित महिलालाई एसएसपी अधिकारीले खाना खान बोलाएर जबर्जस्ती करणी गरेको आरोप छ ।

घटनालगत्तै पीडित महिलाले बुधबार दिउँसो सवा २ बजे प्रहरीको कन्ट्रोल नम्बर १०० मा फोन गरेपछि तत्कालै घटनास्थलमा प्रहरी पुगेको थियो । एसएसपी अधिकारीलाई झाडीभित्र लुकिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको प्रवक्ता राणाले बताइन् ।

अहिले घटनास्थलमा एसपीको टोली पुगेर प्रमाणहरु संकलन गर्ने काम भइरहेको गण्डकी प्रदेश प्रहरीले जनाएको छ ।

प्रकाशित : असार ३१, २०७७ १७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?