नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३९ पुग्यो

काठमाडौँ — नेपालमा कोरोना संक्रमणबाट थप एकको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार गरेको नियमित कोभिड–१९ प्रेस ब्रिफिङमा प्रवक्ता जागेश्वर गौतमले मृत्युको औपचारिक रुपमा पुष्टि गरेका हुन् । उनका अनुसार रौतहटका परवा नगरपालिका वडा ७ का ३६ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३९ पुग्यो

प्रवक्ता डा गौतमले उनको मृत्यु नारायणी अस्पताल वीरगन्जमा आईसीयूमा उपचारका क्रममा बुधबार २:३० मा मृत्यु भएको जनाए । बुधबारसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३९ पुगेको छ ।


प्रकाशित : असार ३१, २०७७ १६:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?