थपिए ११६ कोरोना संक्रमित 

काठमाडौँ — मुलुकमा ११६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबारको कोभिड १९ प्रेस ब्रिफिङका क्रममा प्रवक्ता डा.जागेश्‍वर गौतमले पछिल्लो २४ घन्टामा ११६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

थपिए ११६ कोरोना संक्रमित 

यो सँगै नेपालमा संक्रमितको संख्या १७ हजार १७७ पुगेको छ ।

जिल्लागत तथ्यांकअनुसार संक्रमित हुनेमा धनकुटाका १, मोरङका १, ताप्लेजुङका १, सप्तरीका १३, धनुषाका ६, नुवाकोटका १ ,काठमाडौँका ७ ,सिन्धुपाल्चोकका १, चितवनका ८, नवलपरासी पूर्वका ११, रौटहटका ५, धादिङका १, पाल्पाका १, गोरखाका १, कास्कीका ३, तनहुँका ३, म्याग्दीका ९, सल्यानका ३, अछामका १, दैलेखकका ३, जाजरकोटका १, जुम्लाका २, मुगुका १, सल्यानका २, सुर्खेतका २८ र डडेलधुराका २ जना रहेका छन् ।

मन्त्रालयका अनुसार बुधबारसम्म पीसीआर विधिबाट हालसम्म २ लाख ९८ हजार ८२९ परीक्षणहरु गरिएका छन् र २४ घन्टामा ५ हजार ९० परीक्षण भएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या २४ हजार ५२७ जना रहेका छन् । त्यसैगरी आइसोलेसनमा रहनेको संख्या ६ हजार ११३ जना रहेको छ ।

प्रकाशित : असार ३१, २०७७ १६:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?