२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

तीन दिनपछि खुल्यो पहिरोले थुनिएको सिद्धार्थ राजमार्ग

माधव अर्याल

पाल्पा — पहिरोले तीन दिनदेखि अवरुद्ध सिद्धार्थ राजमार्ग बुधबार दिउँसो एकतर्फी रूपमा खुलाइएको छ । पाल्पाको तिनाउ गाउँपालिका, पैठेडाँडामा सोमबार साँझ खसेको पहिरो हटाइएपछि दिउँसो १ बजेदेखि सडक सञ्चालनमा आएको हो । 

तीन दिनपछि खुल्यो पहिरोले थुनिएको सिद्धार्थ राजमार्ग

दोभान बजारदेखि सय मिटरनजिकै ठूलो ढुंगासहित खसेको पहिरो पन्छाइएपछि सडकमा एकतर्फी सवारीसाधन चलाइएको जिल्ला ट्राफिक प्रहरी प्रमुख पृथ्वीनारायण काफ्लेले जानकारी दिए । डोजर, एक्स्काभेटर र ब्रेकर प्रयोग गरेर ढुंगा फुटाइएपछि सडक खुलेको हो ।

सडक अवरुद्ध हुँदा रुपन्देही र पाल्पातर्फबाट आएका सवारीसाधन दोभान, भूतखोलातर्फ नै रोकिएका थिए । त्यस्तै रुपन्देहीतर्फबाट आएका सवारीसाधन सिद्धबाबामा रोकिएको थियो । दोभान प्रहरी चौकी प्रमुख सोमबहादुर सारुमगरले सडक खुलेसँगै सवारी साधनलाई गन्तव्यतर्फ पठाइएको बताए ।

प्रकाशित : असार ३१, २०७७ १३:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?