रुकुम पश्चिम घटनाबारे संसदीय समितिले सभामुखलाई बुझायो प्रतिवेदन

काठमाडौँ — ६ जनाको मृत्यु र १२ जना घाइते भएको रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा गत जेठ १० गते भएको घटनाको छानबिन गठित संसदीय विशेष समितिले सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिवेदन बुझाएको छ । 

रुकुम पश्चिम घटनाबारे संसदीय समितिले सभामुखलाई बुझायो प्रतिवेदन

संघीय संसद सचिवालय सिंहदरबारमा मंगलबार आयोजित कार्यक्रममा समितिका संयोजक देवेन्द्र पौडेलले सभामुख सापकोटालाई प्रतिवेदन बुझाएका हुन् । संसदीय विशेष समितिले १ महिना लगाएर प्रतिवेदन तयार पारेको हो ।

छानबिनका क्रममा मृतकका परिवार, घाइते, गाउँले, प्रहरी र प्रशासनका अधिकारीसँग छलफल गरिएको संयोजक पौडेलले बताए । संसदमा प्रमुख प्रतिपक्षी कांग्रेस लगायतका राजनीतिक दलहरूले रुकुम पश्चिम घटनाको छानबिन गर्नका लागि माग गरेका थिए । राजनीतिक दलहरूले संसदमा पटकपटक उक्त घटना छानबिन गर्न संसदीय समिति माग गरेपछि सभामुख सापकोटाले जेठ २६ गतेको बैठकमा समिति गठन भएको जानकारी दिएका थिए ।

नेकपा सांसद पौडेल नेतृत्वको ९ सदस्यीय छानबिन समितिमा दुर्गा पौडेल, रामसहायप्रसाद यादव, इकवाल मियाँ, विमला विक, पार्वती विशुंखे, महेश्वरजंग गहतराज, मीनबहादुर विश्वकर्मा र प्रकाश रसाइली सदस्य थिए ।

जाजरकोटका युवक नवराज विकले रुकुम पश्चिम सोतीकी मल्ल थरकी युवतीसँग विवाह गर्न खोज्दा उक्त घटना भएको थियो । त्यसक्रममा विकसहित ६ जना सेती नदीमा मृत फेला परेका थिए भने १२ जना घाइते भएका थिए ।

प्रकाशित : असार ३०, २०७७ १७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?