मेलम्ची खानेपानी आयोजनाको बाँध फुट्दा २ जना घाइते, २ बेपत्ता

अनिश तिवारी

सिन्धुपाल्चोक — मेलम्ची खानेपानी आयोजनाको मुहानस्थल अम्बाथानको गेट नम्बर १७ स्थित सुरुङको बाँध फुटेर पानीले बगाउँदा दुई जना कर्मचारी घाइते भएका छन् भने दुई जना बेपत्ता भएका छन् ।

मेलम्ची खानेपानी आयोजनाको बाँध फुट्दा २ जना घाइते, २ बेपत्ता

मंगलबार दिउँसो १२ : ३० मा गेटको बाँध फुटेको हेलम्बु गाउँपालिका प्रमुख मिमा ग्लाल्जेङ शेर्पाले बताए ।

घाइते हुनेहरु साइट इन्जिनियर शेखर खनाल र साइट एसिस्टेन्ट प्रेमबहादुर तामाङ हुन् । सवारी चालक ५५ वर्षीय राधाकृष्ण थापा मगर र २५ वर्षीय इन्जिनियर सतिश गोइत बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका उपरीक्षक प्रज्जवल महर्जनले बताए । घाइतेहरुको मेलम्ची अस्पतालमा उपचार लागि पठाइएको छ ।

घटनाबारे थप विवरण आउन बाँकी छ ।

हप्तादिनअघि मलेम्ची आयोजनाको सुरुङमा पानी पठाएर परीक्षण गरिएको थियो ।

प्रकाशित : असार ३०, २०७७ १४:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?