कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

रहिनन् कम्युनिस्टकी ‘सेल्टरदाता’ बालकुमारी थापा

प्रताप विष्ट

हेटौंडा — कम्युनिष्ट आन्दोलनकी नेतृ हेटौंडा उपमहानगरपालिका— १७ राजदेवीकी बालकुमारी थापाको सोमबार राति निधन भएको छ । नेपाली कम्युनिस्ट आन्दोलनकी ‘आमा’का रुपमा परिचित  नेतृ  थापाको ७६ वर्षको उमेरमा सोमबार बेलुका  हेटौंडा अस्पतालमा मृत्यु भएको हो ।

रहिनन् कम्युनिस्टकी ‘सेल्टरदाता’ बालकुमारी थापा

मुटुमा थप समस्या देखिएपछि थापालाई अस्पतालमा ल्याइएको थियो । कम्युनिष्ट आन्दोलनकी धरोहर थापालाई रोगले धेरै चापेपछि हेटौंडा अस्पतालमा ल्याएको थियो । विगत १५ वर्ष देखि मुटुरोगवाट ग्रसित थापा विगत केही महिनादेखि थला परेकी थिइन् ।

थापाले तत्कालीन नेकपा मालेका नेता भूमिगत हुँदा घरमा सेल्टर दिएकी थिइन् । त्यति मात्रै होइन, तत्कालीन मालेको केन्द्रीय कमिटीको बैठक पनि उनको घरमा भएको थियो । अहिलेका नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, पार्टीका तत्कालीन महासचिव मदनकुमार भण्डारी, नेता जिवराज आश्रीत, विद्यादेवी भण्डारी, मालेका महासचिव सीपी मैनाली, नेकपाका नेता प्रदिप नेपाललगायतका नेतालाई उनले सेल्टर दिएकी थिइन ।

विगत ५० वर्षदेखि उनी समाज परिवर्तनका लागि लडिरहेकी थिइन् । मंगलबार बिहान उनको दाहसंस्कार गरिएको छ । उनको पार्थिव शरीरमा नेकपाका केन्द्रीय सदस्य केदार न्यौपानेलगायतले कम्युनिष्ट पार्टीको झण्डा ओढाएका थिए । दाहसंस्कार नेकपा मकवानपुरका नेता र कार्यकर्ताहरुको बाक्लो उपस्थिति थियो । उनका श्रीमान र तीन छोरा छन् ।

प्रकाशित : असार ३०, २०७७ ०९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?