१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

दाउन्नेमा पहिरो : कार र ट्रक च्यापिए, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

नवीन पौडेल

परासी — पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेमा पहिरो खस्दा मंगलबार बिहानैदेखि यातायात अवरुद्ध भएको छ । 

दाउन्नेमा पहिरो : कार र ट्रक च्यापिए, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

पहिरोसँगै खसेको रूखले बा१४च ७०२० नम्बरको कार र ना६ख १५५९ नम्बरको ट्रक च्यापिएका छन् । मानवीय क्षति भने भएको छैन । सडक विभाग र प्रहरीले अवरुद्ध सडक खुलाउने प्रयास गरिरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका डीएसपी मोहनबहादुर खाँडले बताए ।

सडक अवरुद्ध हुँदा मालवाहक ट्रक र निजी सवारी रातिदेखि दाउन्ने डाँडामै रोकिएका छन् । प्रहरीका अनुसार बाटो खुलाउने प्रयास भइरहे पनि वर्षाका कारण पहिरो थामिएको छैन । राजमार्गअन्तर्गत दाउन्ने खण्डको १५ किलोमिटर क्षेत्रका विभिन्न स्थानमा ससाना पहिरो खसिरहेका छन् ।

प्रकाशित : असार ३०, २०७७ ०९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?