३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

पछिल्लो २४ घन्टामा थप ८२ जना कोरोना संक्रमित, १४७ डिस्चार्ज

काठमाडौँ — मुलुकमा थप ८२ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार गरेको पत्रकार सम्मेलनमा पछिल्लो २४ घन्टामा ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिइएको हो । नेपालमा हालसम्म १६ हजार ८०१ जना संक्रमित भएका छन् । 

पछिल्लो २४ घन्टामा थप ८२ जना कोरोना संक्रमित, १४७ डिस्चार्ज

सोही अवधिमा १४७ जना कोरोना संक्रमित निको भएर घर फर्किएका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । अहिलेसम्म नेपालमा ८ हजार ५८९ निको भइसकेका छन् । यो कूल संक्रमितको आधारमा ५१.१ प्रतिशत निको भएको प्रवक्ता गौतमले बताए । उनका अनुसार गएको २४ घन्टामा ३ हजार ९१६ पीसीआर परीक्षण भएका छन् ।

नयाँ संक्रमितको जिल्लागत विवरण

  • धनुषा १९
  • सुर्खेत ११
  • कालीकोट ७
  • तनहुँ ६
  • काठमाडौं ५
  • चितवन ५
  • मोरङ २
  • बागलुङ २
  • लमजुङ २
  • पर्वत २
  • रुकुम पश्चिम २
  • डडेलधुरा २
  • कैलाली २
  • झापा १
  • सर्लाही १
  • सिन्धुपाल्चोक १
  • ललितपुर १
  • सोलुखुम्बु १
  • मकवापनुर १
  • सिन्धुली १
  • नवलपरासी पूर्व १
  • स्याङ्जा १
  • गोरखा १
  • गुल्मी १
  • पाल्पा १
  • दैलेख १
  • बझाङ १
  • दार्चुला १

प्रकाशित : असार २८, २०७७ १६:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?