कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपालमा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु, मृतकको संख्या ३८ पुग्यो

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालमा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा काठमाडौंका २ र सिन्धुपाल्चोकका १ जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिएको हो । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौं शंखमुलका ६० वर्षीय पुरुषको असार २६ गते र गोकर्णेवर नगरपालिका ४ का ५४ वर्षीय पुरुषको २५ गते मृत्यु भएको हो ।

२६ गते मृत्यु हुने पुरुष फोक्सोमा पानी जमेको र मिर्गौला रोगका कारण असार १६ गते पाटन अस्पतालमा भर्ना भएका थिए । ती पुरुषमा १७ गते परीक्षणमा कोरोना पुष्टि भएको थियो । त्यस्तै गोकर्णेस्वर नगरपालिकाका मृतक पनि मिर्गौला रोगका बिरामी थिए । स्वास्थ्यमा समस्या आएपछि उनलाई काठमाडौं मेडिकल कलेज सिनामंगलमा भर्ना गरिएको थियो । स्वासप्रश्वासमा समेत समस्या थपिएपछि स्वाब संकलन गरिएकोमा ती पुरुषमा कोरोना पुष्टि थियो ।

यस्तै सिन्धुपाल्चोक पाँचपोखरी ६ का अर्का ४५ वर्षीय १ संक्रमित पुरुषको असार २५ गते मृत्यु भएको थियो । क्षयरोगका उपचारका लागि १८ गते पाटन अस्पातालमा भर्नाका २२ परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको थियो ।

यो सँगै नेपालमा मृतकको संख्या ३८ पुगेको छ ।

प्रकाशित : असार २७, २०७७ १७:१७
प्रतिक्रिया
पठाउनुहोस्

नेपालका ५० प्रतिशत कोरोना संक्रमित निको भए 

पछिल्लो २४ घन्टामा ४ सय ३१ जना संक्रमित निको भएर घर फर्किए
कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालमा ५० प्रतिशत कोरोना संक्रमित निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको शनिबारको प्रेस ब्रिफिङमा प्रवक्ता डा.जागेश्‍वर गौतमले नेपालमा संक्रमित भएकाहरुमध्ये ५० दशमलव ५ प्रतिशत निको भएर घर फर्किएको बताएका हुन् ।

हालसम्म कोरोनाबाट निको हुनेको संख्या ८ हजार ४ सय ४२ पुगेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घन्टामा ४ सय ३१ जना संक्रमित निको भएर घर फर्किएको प्रवक्ता गौतमले जानकारी दिए ।

नेपालमा हालसम्म १६ हजार ७ सय १९ जनालाई कोरोना देखिएको छ ।

६ जिल्ला कोरोनामुक्त

मुलुकभर एक जना पनि कोरोना संक्रमित नहुने जिल्लाको संख्या थपिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शनिबार आयोजित पत्रकार सम्मेलनमा धनकुटा, भोजपुर, मुस्ताङ, मनाङ, सोलुखुम्बु र हुम्ला कोरोनामुक्त भएको जानकारी दिइएको हो । चार दिनअघि प्रदेश १ का ४ जिल्ला र हुम्ला कोरोना 'फ्रि' बनेका थिए ।

मन्त्रालयका अनुसार मृतकको संख्या भने शनिबार अपरान्हसम्म ३८ पुगेको छ ।

प्रकाशित : असार २७, २०७७ १६:३९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×