कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

व्यासको छाङरु र तिंकरमा खाद्यान्‍न ढुवानी हुँदै

मनोज बडू

दार्चुला — व्यास गाउँपालिका–१ को छाङरु र तिंकर गाउँमा खाद्यान्न ढुवानी सुरु भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले छाङरु र तिंकर गाउँमा हेलिकोप्टरमार्फत शनिबारदेखि दार्चुला सदरमुकामबाट चामल ढुवानी सुरु गरेको हो ।

व्यासको छाङरु र तिंकरमा खाद्यान्‍न ढुवानी हुँदै

सरकारले निजी हवाई कम्पनीमार्फत छाङरु र तिंकरका लागि दुई सय क्विन्टल चामल ढुवानीको काम ११ बजेबाट सुरु गरिने बताए पनि मौसममा खराबी आएका कारण केही ढिला गरी उडान हुने भएको छ । शनिबार बिहानैबाट चामल ढुवानी गर्न शुक्रबार साँझ निजी हवाई माउन्टेनको हेलिकोप्टर दार्चुला पुगे पनि मौसमको खराबीका कारण ढिला गरी खाद्यान्न ढुवानी गरिन लागेको हो ।

छाङरु र तिंकर गाउँमा एक/एक सय क्विन्टल चामल हेलिकप्टरमार्फत ढुवानी गरिने खाद्य व्यवस्था तथा व्यापार कम्पनीका सुर्खेतस्थित प्रादेशिक प्रमुख भीमबहादुर थापाले बताए । प्रतिस्पर्धाका आधारमा कम्पनीले निजी हवाई कम्पनी माउन्टेनले सस्तो दरमा चामल ढुवानी गर्ने जनाएपछि छाङरु र तिंकर गाउँमा खाद्यान्न ढुवानी सुरु गरिएको उनको भनाइ छ ।

चामल ढुवानीको प्रतिस्पर्धामा तीन वटा हवाई कम्पनीले सहभागिता जनाएका थिए । सबैभन्दा न्यून प्रतिकिलोग्राम दुई सय ४९ रुपैयाँ ९८ पैसा भाडा कबोल गर्ने माउन्टेन हेलिकोप्टर कम्पनीसँग चामल ढुवानीको सम्झौता गरिन लागेको कम्पनीका प्रादेशिक प्रमुख थापाले जानकारी दिए । छाङरु र तिंकरका स्थानीयलाई भने प्रतिकिलो ५१ रुपैयाँका दरले चामल उपलब्ध गराइनेछ ।

सुर्खेतबाट दार्चुला सदरमुकाम वा सडक सुविधा पुग्ने ठाउँसम्म गाडीबाटै चामल ढुवानी गरिनेछ । सदरमुकाम वा सडक मार्गबाट ढुवानी हुने ठाउँदेखि छाङरु र तिंकर गाउँसम्म सानो हेलिकोप्टरमार्फत चामल ढुवानी गरिन लागेको हो । छनौट गरिएको कम्पनीसँग असार २३ गतेसम्म सम्झौता गरिने र असार २५ गतेदेखि नै चामल ढुवानीको कार्य सुरु गरिएको हो ।

प्रकाशित : असार २७, २०७७ ११:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?