२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

'आन्तरिक विमतीमा अल्झिएर जनताको जीवन रक्षाको दायित्त्वबाट विमुख बन्‍न मिल्दैन'

'मेरो र मैले नेतृत्व गरेको सरकारको सारा ध्यान र सम्पूर्ण प्रयास महामारी र विपत्तिमा परेका नागरिकको जिउधनको रक्षामा केन्द्रित छ ।'

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले आन्तरिक विमती र समस्यामा अल्झिएर जनताको जीवन रक्षाको जिम्मेवारीबाट विमुख हुन नमिल्ने बताएका छन् । राष्ट्रको नाममा सम्बोधन गर्दै शुक्रबार साँझ प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् । 

'आन्तरिक विमतीमा अल्झिएर जनताको जीवन रक्षाको दायित्त्वबाट विमुख बन्‍न मिल्दैन'

प्रधानमन्त्री ओलीले भनेका छन्, 'यतिबेला आन्तरिक विमती वा समस्यामा अल्झिएर जनताको जीवन रक्षाको दायित्त्वबाट विमुख बन्न कसैले पनि मिल्दैन । मैले पहिले पनि भनेको छु, रोग र भोकबाट देशवासीलाई जोगाउने दायित्त्वबाट सरकार कुनै हालतमा पनि पछि हट्दैन । त्यसैले मेरो र मैले नेतृत्व गरेको सरकारको सारा ध्यान र सम्पूर्ण प्रयास महामारी र विपत्तिमा परेका नागरिकको जिउधनको रक्षामा केन्द्रित छ ।'

सत्तारुढ दल नेकपाको आन्तरिक विवादतर्फ इंगित गर्दै प्रधानमन्त्रीले जनतामा चिन्ता बढेको हुनसक्ने बताएका छन् । उनले भनेका छन्, 'अहिले चर्चामा रहेका राजनीतिक परिदृश्यका कारण कतिपयमा राजनीतिक स्थिरता, स्थायित्व र स्थापित प्रणालीप्रति चिन्ता र संवेदनशीलता बढेको पनि हुनसक्छ । म आश्वस्त पार्न चाहन्छु, आम नेपालीहरूका बीच आपसी एकता बढाउन, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न, राष्ट्रिय स्वाभिमान उँचो बनाउन, देशको सार्वभौमसत्ता र भौगोलिक अखण्डता अक्षुण्ण राख्न मेरो तर्फबाट दृढ अडान र हदैसम्मको प्रयास हुनेछ ।'

प्रधानमन्त्रीले मुलुकमा आएको बाढी र पहिरोलगायत प्राकृतिक प्रकोप र कोरोना भाइरस बारे देशवासीका नाममा सम्बोधन गरेका हुन् ।

भिडियो

प्रकाशित : असार २६, २०७७ २१:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?