३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

बाढी पहिरो पीडितप्रति तामाङ घेदुङको चासो

काठमाडौँ — नेपाल तामाङ घेदुङले देशभरि बाढी पहिरो गएप्रति विपत व्यवस्थापनका निम्ति सरकारको ध्यानाकर्षण गराएको छ ।

बाढी पहिरो पीडितप्रति तामाङ घेदुङको चासो

सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका र भोटेकोसी गाउँपालिकामा मृत्यु भएका तथा बेपत्ता भएका अधिकांश तामाङ समुदायका छन् । त्यसैगरी लमजुङ बेसिसहर नगरपालिकामा समेत पहिरोले पुरिएर दिपक तामाङसहित ३ जनाको मृत्यु भएको जनाइएको छ ।

‘वर्षायाममा बाढी पहिरोबाट जोगाउन वैकल्पिक बासस्थानको व्यवस्था गर्न तीन तहका सरकारलाई माग गर्दछौं,’ घेदुङका महासचिव महितकुमार तामाङले शुक्रबार विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘साथै नेपाल तामाङ घेदुङको विपद व्यवस्थापन कोषमार्फत् सिन्धुपाल्चोक बाह्रबिसे, भोटेकोसीलगायतका पीडितहरुलाई राहत सहयोग गरिने भएको हुँदा सहयोगी मनका धनी मित्रहरुलाई नेपाल तामाङ घेदुङ हार्दिक अनुरोध गर्दछौं ।’

प्रकाशित : असार २६, २०७७ २०:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?