भारतीय च्यानल बन्द गरेकोमा केबल सेवाप्रदायकलाई सरकारको धन्यवाद

काठमाडौँ — संचार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा भारतीय टेलिभिजनहरूको प्रशारण रोक्ने निर्णय गरी सरकारलाई सहयोग गरेको भन्दै डिजिटल केबल सेवाप्रदायकहरूलाई धन्यवाद दिएको छ ।

भारतीय च्यानल बन्द गरेकोमा केबल सेवाप्रदायकलाई सरकारको धन्यवाद

प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी तथा नेपाल र चीन सम्बन्धलाई लिएर केही भारतीय टेलिभिजनहरूले प्रशारण गरेका सामग्रीप्रति असन्तुष्टि बढेपछि बिहीबारदेखि भारतीय च्यानल बन्द गरिएका थिए ।

संचार मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले विज्ञप्ति जारी गर्दै धन्यवाद दिएका हुन् । 'नेपालका मर्यादित संस्था र नेतृत्वलाई लान्छना गरी अनर्गल सामग्री प्रशारण गर्ने कतिपय भारतीय संचारमाध्यमहरूको प्रशारणबाट राष्ट्रिय संवेदनामा आँच आउने कुरालाई ध्यानमा राखी नेपालका डिजिटल केलब सेवाप्रदायकहरूले जिम्मेवारी बोधका साथ स्वतस्फूर्त रूपमा प्रशारण रोकेकोमा मन्त्रालय धन्यवाद व्यक्त गर्दछ । आगामी दिनमा समेत सरोकारवालाहरूबाट प्रचलित कानुन तथा आचारसंहिता परिपालना गर्ने गराउने सन्दर्भमा निरन्तर सहयोग प्राप्त हुनेमा मन्त्रालय विश्वास व्यक्त गर्दछ,' विज्ञप्तिमा लेखिएको छ ।

भारतीय संचारमाध्यमले प्रधानमन्त्री ओलीका बारेमा प्रशारण र प्रकाशन भएका भारतीय संचारमाध्यमका सामग्रीप्रति गम्भीर ध्यानाकर्षण भएको पनि जनाएको छ ।

प्रकाशित : असार २६, २०७७ १९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?