उद्धार र राहतमा सहयोग गर्न कांग्रेसको निर्देशन

काठमाडौँ — कांग्रेसले अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानका कारणले देशका विभिन्न जिल्लामा भएको जनधनको क्षति र पीडितको जीवन कष्टकर बन्दै गएको प्रति दुःख व्यक्त गरेको छ । 

उद्धार र राहतमा सहयोग गर्न कांग्रेसको निर्देशन

कांग्रेसका सभापति शेरबहादुर देउवाले शुक्रबार विज्ञप्तिमार्फत प्राकृतिक विपत्‌को यस घटनाप्रति दुःख व्यक्त गर्दै अहिलेको संवेदनशील घडीमा प्रभावितको जीवन रक्षा, उद्धार र राहतलाई प्रभावकारी बनाउन छिटोभन्दा छिटो उद्धार टोली खटाएर थप मानवीय र भौतिक क्षति रोक्न सरकारसँग आग्रह गरेका छन् ।

सभापति देउवाले प्रभावित क्षेत्रका कांग्रेसका स्थानीय पार्टी निकाय तथा भ्रातृ एवं शुभेच्छुक सङ्घसंस्थालाई पीडित परिवारलाई तत्काल उद्धार र राहतमा आवश्यक सहयोग पुर्‍याउन निर्देशन गरेका छन् ।

केही दिनदेखि अविरल वर्षापछि आएको बाढीपहिरो र डुबानमा परी कास्कीमा ७ को मृत्यु र ११ घाइते, लमजुङमा ३ को मृत्यु र ४ घाइते, सिन्धुपाल्चोकमा २ को मृत्यु र २१ बेपत्ता तथा म्याग्दीमा ३२ जना बेपत्ता भएका छन् ।

यसैगरी कैयौं नागरिक बासस्थानबाट विस्थापित भएको तथा कैयौं स्थानमा बाढीपहिरोका कारण सडक यातायात अवरुद्ध भई नागरिकले कठिनाइ व्यहोर्नु परेको छ ।

प्रकाशित : असार २६, २०७७ १९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?