अब सातै प्रदेशमा सशुल्क पीसीआर परीक्षण, कुन-कुन अस्पतालले पाए स्वीकृति ?

काठमाडौँ — अबदेखि सबै प्रदेशमा सशुल्क पीसीआर परीक्षण हुने भएको छ । यसअघि यो सुविधा काठमाडौं उपत्यकाका अस्पतालमा मात्र थियो । 

अब सातै प्रदेशमा सशुल्क पीसीआर परीक्षण, कुन-कुन अस्पतालले पाए स्वीकृति ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रत्येक प्रदेशमा कम्तीमा एक प्रयोगशालामा शुल्क तिरेर पीसीआर परीक्षणका अनुमति दिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको अध्यक्षतामा बसेको बैठकले यही असार २४ गते प्रत्येक प्रदेशमा शुल्क तिरेर कोरोनाको पीसीआर परीक्षणको अनुमति दिने निर्णय गरेको थियो ।

कुन-कुन अस्पतालले पाए स्वीकृति ?

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार प्रदेश १ मा कोसी अस्पताल र प्रदेश २ मा नारायणी अस्पताल, गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा, प्रदेश ५ मा लुम्बिनी अस्पताल बुटवल, कर्णालीमा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला सुर्खेत र सुदूरपश्चिममा प्रादेशिक प्रयोगशाला धनगढीलाई स्वीकृति दिइएको जानकारी गराए ।

यो निर्णय भएसँगै कुनै पनि आफूलाई शंका लागेका जो सुकै व्यक्ति तथा ट्राभल हिस्ट्री नभएकाले परीक्षण गर्न पाउनेछन् । साथै भीसा प्रक्रियाका लागि पनि परीक्षण गर्न पाइनेछ । स्वीकृत अस्पतालहरुमा पीसीआर परीक्षणका लागि सरकारले ५ हजार ५०० रुपैयाँ शुल्क तोकेको छ । यसअघि काठमाडौँमा वीर अस्पताल, पाटन तथा त्रिवि शिक्षण अस्पतालमा शुल्क तिरेर परीक्षण गर्ने व्यवस्था रहेको थियो ।

प्रकाशित : असार २६, २०७७ १८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?