कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

भारतीय संचारमाध्यमविरुद्ध कूटनीतिक, राजनीतिक र कानुनी बाटो खोज्नुपर्ने हुनसक्छ : सरकारका प्रवक्ता

दुर्भाव फैलाउने समाचारको भर्त्सना

काठमाडौँ — सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले भारतीय संचार माध्यमले प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल-चीन सम्बन्धबारे प्रचार गरिरहेका सामग्रीबारे राजनीतिक र कानुनी उपचार खोज्ने अवस्था आउनसक्ने बताएका छन् । 

भारतीय संचारमाध्यमविरुद्ध कूटनीतिक, राजनीतिक र कानुनी बाटो खोज्नुपर्ने हुनसक्छ : सरकारका प्रवक्ता

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री खतिवडाले भारतीय संचार माध्यमले प्रधानमन्त्री ओली, नेपाल-चीन सम्बन्धलाई लिएर भारतीय संचार माध्यमका सामग्रीबारे सोधिएको प्रश्नमा भने, 'दुर्भाव फैलाउन र चरित्र हत्या गर्ने, मर्यादालाई आँच पुर्‍याउने, प्रतिष्ठा घटाउने गरी गरिएका समाचारको भर्त्सना गर्छौं ।'

मन्त्री खतिवडाले थपे, 'सरकारले मिडियालाई प्रतिबन्ध लगाउनुभन्दा मिडिया आफैं अनुशासनमा बसोस् । उसले स्वस्थ र सही समाचार मात्रै सम्प्रेषण गरोस् भन्ने हुन्छ ।'

भारतीय संचार माध्यमले प्रकाशित र प्रचार गरिरहेका सामग्रीबारे कूटनीतिक, राजनीतिक र कानुनी बाटो खोज्ने अवस्था आउने मन्त्री खतिवडाले बताए । 'यो कुरामा कूटनीतिक माध्यम पनि परिचालन गर्नुपर्ने हुन्छ,' उनले भने, 'अस्वस्थ र हाम्रो राष्ट्र, राष्ट्रियता, सार्वभौमिकता र नेपालीहरूको स्वाभिमानमा आँच पुर्‍याउने किसिमका समाचारहरू सम्प्रेषण नगर्न सबै मिडियाहरूलाई हामी अनुरोध पनि गर्छौं । त्यसमा छिमेकी देशका मिडियाहरू पनि पर्छन् । राजनीतिक र कानुनी दुवै उपचार खोज्नु पर्ने हुन्छ ।'

पछिल्लो समय भारतीय संचार माध्यमहरूले प्रधानमन्त्री र नेपालका लागि चिनियाँ राजदूतलाई लिएर आपत्तिजनक सामग्री तयार पारेर प्रचार गरिहरेका छन् । त्यसलाई लिएर नेपालमा भारतीय मिडियाको आलोचना भइरहेको छ ।

सम्बन्धित समाचारः




प्रकाशित : असार २५, २०७७ १८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?