कारोना संक्रमित मृगौला रोगीलाई भरतपुरमा डायलसिस सेवा

रमेशकुमार पौडेल

चितवन — मृगौलामा समस्या देखिएर डायलसिस सेवा लिइरहेका एकजना व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमणकै अवस्थामा सुरक्षा विधिका साथ उनको डायलसिस सेवा पनि जारी छ । भरतपुर अस्पतालले मकवानपुरका ३३ वर्षीय संक्रमित युवकलाई डायलसिस सेवा दिएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए । उनी रोजगारीको सिलसिलामा विदेशबाट फर्केका व्यक्ति हुन् ।

कारोना संक्रमित मृगौला रोगीलाई भरतपुरमा डायलसिस सेवा

भरतपुर अस्पतालमा उनी असार १८ गते आएका थिए । उनलाई कोरोना संक्रमण भएको पुष्टि असार १९ गते भएको थियो । विदेशमा पनि उनले डायलसिस भइरहेको थियो । दुई हप्ताअघि उनी स्वदेश फर्केका थिए । भरतपुर अस्पतालका चिकित्सक डा.सन्तोष गुरुङका अनुसार विदेशमै उनको २० पटक डायलसिस भइसकेको छ । संक्रमण देखिएका कारण सुरक्षाका साथ भरतपुरमा डायलसिस जारी रहने छ ।

‘हामीले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र नेपाल सरकारको स्वास्थ्य मन्त्रालयका सबै मापदण्ड पूरा गरेर संक्रमितका लागि सरक्षा प्रबन्धका साथ डायलसिस सेवा सुरु गरेका छौं’ डा.गुरुङले भने । भरतपुर अस्पतालमा १० वटा डायलसिस मेसिन छ । अन्य सामान्य अवस्थाका मृगौला रोगीलाई कुनै प्रभाव नरहने गरेर संक्रमितका लागि एउटा मेसिन उपलब्ध गराएको उनले बताए ।

प्रकाशित : असार २५, २०७७ १२:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?