१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

मौसमको खराबीले धुलिखेलबाटै फर्कियो बाह्रबिसे उडेको सभामुखको टोली

काठमाडौँ — सिन्धुपाल्चोकको बाह्रबिसेमा बुधबार राति आएको बाढीले पुऱ्याएको क्षति अवलोकन र उद्धारको पहलका लागि गएका प्रतिनिधिसभा सभामुख अग्निप्रसाद सापकोटा बीचैबाट फर्किएका छन् ।

मौसमको खराबीले धुलिखेलबाटै फर्कियो बाह्रबिसे उडेको सभामुखको टोली

बिहीबार बिहान सभामुख सापकोटासहितको टोलीलाई लिएर गएको हेलिकप्टर मौसमको खराबीका कारण धुलिखेलबाटै फर्किएको सभामुखका सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए । बाढीप्रभावित क्षेत्र सभामुख सापकोटाको निर्वाचन क्षेत्र हो ।

अविरल वर्षासँगै आएको बाढीका कारण बाह्रबिसे नगरपालिकाको जम्बुमा दुई जनाको मृत्यु भएको छ भने १८ जना बेपत्ता भएका छन् ।

यसैबीच नेपाली सेनाले बाह्रबिसेबाट उद्धार टोली बाढी प्रभावित क्षेत्रमा पठाएको जनाएको छ ।

सम्बन्धित समाचार

प्रकाशित : असार २५, २०७७ ११:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?