२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

ओली-दाहाल दुई घन्टा छलफल, निस्किएन निष्कर्ष

काठमाडौँ — नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच झन्डै दुई घन्टा भएको छलफल भएको छ । पार्टीको आन्तरिक विवादलाई लिएर अध्यक्षद्वयबीच बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफल बिनानिष्कर्ष सकिएको हो । बुधबारको छलफलमा ओली-दाहाल मात्र थिए ।  

ओली-दाहाल दुई घन्टा छलफल, निस्किएन निष्कर्ष

दुवै नेताबीच भएको छलफलबाट कुनै निष्कर्ष ननिस्किएको दाहालका प्रेस संयोजक बिष्णु सापकोटाले बताए ।

असार १० गतेदेखि चलिरहेको स्थायी कमिटी बैठक २६ गतेसम्मका लागि स्थगित गरेर ओली र दाहाल छलफलमा जुटेका थिए ।

पार्टी अध्यक्ष र सरकारको नेतृत्वबाट राजीनामा गर्न स्थायी कमिटी सदस्यहरूले माग गरेका थिए । सचिवालयका सदस्यहरूले पनि सोही माग दोहोर्‍याएका थिए । त्यसपछि अध्यक्ष तथा प्रधानमन्त्री ओलीले दुवै अध्यक्ष बसेर छलफलबाट समाधान निकाल्नुपर्ने नभए पार्टी विभाजन हुने बताएका थिए ।

स्थायी कमिटी बैठक चलिरहेका बेला संसद् अधिवेशन अन्त्य गरेपछि नेकपाभित्रको विवाद झन् चुलिएको थियो ।

प्रकाशित : असार २४, २०७७ १९:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?