२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

एक दशकपछि स्वास्थ्यकर्मीहरुको पारिश्रमिक दिन सर्वोच्चको आदेश

काठमाडौँ — सर्वोच्च अदालतले कोसी बाढी पीडितहरुको उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुको तत्काल पारिश्रमिक दिन सरकारका नाममा आदेश जारी गरेको छ । २०६६ सालको कोसीबाढीबाट प्रभावित बनेकाहरुको उपचारका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २१ जना स्वास्थ्यकर्मीहरु करारमा नियुक्त गरेको थियो ।

एक दशकपछि स्वास्थ्यकर्मीहरुको पारिश्रमिक दिन सर्वोच्चको आदेश

झण्डै एक दशकदेखि पारिश्रमिक नपाएका उनीहरुलाई तत्काल पारिश्रमिक दिन आदेश जारी गरेको हो ।

न्यायाधीशहरु सुष्मालता माथेमा र डा. मनोजकुमार शर्माको इजलासले २१ जना स्वास्थ्यकर्मीहरुको कुल ५६ लाख ६७ हजार रुपैयाँ पारिश्रमिक तत्काल भुक्तान गर्न आदेश दिएको हो । उनीहरुको २०६६ फागुनदेखि २०६८ साल भदौसम्मको पारिश्रमिक बाँकी थियो । पारिश्रमिक नपाएको भन्दै उनीहरुले २०६९ सालमा नै सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।

कोसी नदीको बाँध फुटेर आएको बाढीबाट प्रभावित व्यक्तिहरुलाई अत्यावश्यक स्वास्थ्य सेवा प्रदान गर्न सुनसरीको लौकहीमा अस्थायी अस्पताल निर्माण भएको थियो । उनीहरु अस्पतालका क्लिनरदेखि स्टाफ नर्ससम्मका छन् । उनीहरुको पारिश्रमिक ८ देखि २० हजार रुपैयाँसम्मको थियो । २०६८ असार मसान्तपछि भने उनीहरुको करार थप भएन । त्यही अवधिको पारिश्रमिक दिनुपर्ने माग थियो ।

प्रकाशित : असार २४, २०७७ १८:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?