कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

गिरीलाई सांसद पदबाट निष्कासन गर्न समाजवादीको पत्र संसद्‌मा

आफूमाथि पार्टीको विधानविपरीत कारबाही गर्न लागिएको गिरीको गुनासो

काठमाडौँ — समाजवादी पार्टीले आफ्ना सांसद सरिता गिरीलाई पदबाट निष्कासन गर्न भन्दै संसद् सचिवालयमा बुधबार पत्र पुर्‍याएको छ । मंगलबार बसेको पदाधिकारी बैठकले पार्टी निर्देशन र संसदीय दलको ह्‍वीप उल्लंघन गरेको भन्दै गिरीलाई पार्टी सदस्य र सांसद पदबाट हटाउने निर्णय गरेको थियो । 

गिरीलाई सांसद पदबाट निष्कासन गर्न समाजवादीको पत्र संसद्‌मा

गिरीलाई सांसदबाट निष्कासन गर्ने पत्र लिएर समाजवादी पार्टी संसदीय दलका प्रमुख सचेतक उमाशंकर अरगरिया र सहअध्यक्ष राजेन्द्र श्रेष्ठ संसद् सिंहदरबारस्थित सचिवालय पुगेका थिए । पत्र संसद् सचिवालयका महासचिव भरतराज गौतमले बुझेका छन् ।

सभामुख अग्‍नि सापकोटाले गिरीलाई सांसदबाट निलम्बन गरेपछि त्यसको जानकारी निर्वाचन आयोगलाई दिइने छ ।

पत्र बुझाएको जानकारीपछि गिरीले सभामुखको सचिवालय र संसद् सचिवालयला फोन गरेर आफूमाथि पार्टीको विधानविपरीत कारबाही गर्न लागिएको भन्ने गुनासो गरेकी छन् । तर समाजवादी पार्टीले भने केन्द्रीय कार्यकारिणी समितिले समाजवादी पार्टीको अन्तरिम विधान २०७६ अनुसार केन्द्रीय समितिको सबै अधिकार प्रयोग गर्ने व्यवस्थाबमोजिम कारबाहीको निर्णय लिएको जनाएको छ । समाजवादीका एक शीर्ष नेताले पार्टी संसदीय ह्वीप नमानेपछि कारबाहीको निर्णय गरेको बताएका छन् । गिरीको तर्कमा कुनै सत्यता नभएको प्रतिक्रिया दिएका छन् ।

ती नेता भने, 'उहाँलाई सांसद पनि कार्यकारिणी समितिले बनाएको हो । अहिले कारबाही गर्दा पनि त्यहीबाट भइरहेको छ । सांसद बनाउँदा किन केन्दीय समितिको बैठक खोज्‍नुभएन ।'

प्रकाशित : असार २४, २०७७ १७:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?