१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

सभामुख सापकोटाको आँखाको शल्यक्रिया सम्पन्‍न

काठमाडौँ — प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाको बुधबार मोतियाबिन्दुको शल्यक्रिया भएको छ । काठमाडौंस्थित तिलगंगा आँखा अस्पतालमा दायाँ आँखाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको उनका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले बताए ।

सभामुख सापकोटाको आँखाको शल्यक्रिया सम्पन्‍न

वरिष्ठ चिकित्सक डाक्टर सन्दुक रुइतसहितको टोलीले बुधबार बिहान १० : ३० बजे शल्यक्रिया गरेको हो ।

केही समययता उनको आँखामा समस्या देखिएको थियो । चिकित्सकहरुको सल्लाहमा बुधबार शल्यक्रिया गरिएको हो ।

उपचारका क्रममा लागेको सम्पूर्ण खर्च राज्यकोषमा व्ययभार नपर्ने गरी सभामुख सापकोटा आफैले बेहोरेको न्यौपानेले जानकारी दिए । शल्यक्रियापछि सभामुख सापकोटा आराम गरिरहेका छन् ।

प्रकाशित : असार २४, २०७७ १२:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?