कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

राष्ट्रपतिसँग सार्कका महासचिवको भेट

सार्क शिखर सम्मेलन चाँडै आह्वान हुनु पर्नेमा राष्ट्रपति भण्डारीको जोड 

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले १९ औं सार्क शिखर सम्मेलनको चाँडै नै आह्वान हुनु पर्नेमा जोड दिएकी छन् ।
सार्कका महासचिव इसला रुवान विराकोनसँग मंगलबार शीतल निवासमा भेटवार्ता गर्दै सार्कको वर्तमान अध्यक्षको हैसियतमा नेपालले अर्को शिखर सम्मेलन गर्न अन्य सदस्य मुलुकहरुसँग निरन्तर प्रयास र परामर्श गरिरहेको पनि बताइन् ।

राष्ट्रपतिसँग सार्कका महासचिवको भेट

पाकिस्तानमा यसअघि नै भइसक्नु पर्ने सार्क शिखर सम्मेलन भारत–पाकिस्तानको द्वन्द्वका कारण रोकिएको थियो । विराकोन महासचिवको रुपमा नियुक्त भएपछि पहिलो पटक राष्ट्रपति भण्डारीलाई भेट्न गएका हुन् ।

राष्ट्रपति भण्डारीले सार्कले सार्कको साझा समस्याहरु र कोरोना भाइरस महामारी तथा दक्षिण एसियाको गरिबीजस्ता चुनौतीहरुको सामना गर्न महत्वपूर्ण भूमिका खेल्ने बताइन् ।

राष्ट्रपति भण्डारीले महासचिव विराकोनले सार्क प्रक्रियालाई अझ सुदृढ पार्न सक्रिय भूमिका खेल्ने विश्वास गरेको पनि बताइन् ।

प्रकाशित : असार २३, २०७७ २२:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?