चिनियाँ राजदूतविरुद्ध नेविसंघको प्रदर्शन

काठमाडौँ — चिनियाँ राजदूत होउ यान्छीले कूटनीतिक मर्यादाविपरीत नेकपाका नेताहरुसँग भेटवार्ता गरेको भन्दै नेविसंघका कार्यकर्ताहरुले मंगलबार चिनियाँ दूतावास अगाडि प्रदर्शन गरेका छन् ।

चिनियाँ राजदूतविरुद्ध नेविसंघको प्रदर्शन

उनीहरुले राजदूत यान्छीको तस्बिर र प्ले कार्डसहित प्रदर्शन गरेका हुन् । राजदूत यान्छीले नेकपाभित्र जारी विवादकै बेला नेताहरुलाई घरमै गएर भेट्न थालेपछि विरोध सुरु भएको हो ।

यान्छीले नेकपाका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालसँग निवासमै पुगेर भेट गरेकी थिइन् ।

प्रकाशित : असार २३, २०७७ १७:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?