कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पछिल्लो २४ घन्टामा ६ सय ८८ जना डिस्चार्ज

काठमाडौँ — पछिल्लो २४ घन्टामा ६ सय ८८ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार आयोजना गरेको नियमित कोभिड १९  प्रेस ब्रिफिङमा ६ सय  ८८ जना स्वास्थ्य लाभ गरी अस्पतालबाट डिस्चार्ज भएको जानकारी दिइएको हो ।

पछिल्लो २४ घन्टामा ६ सय ८८ जना डिस्चार्ज

यो सँगै नेपालमा कोरोना संक्रमितमध्ये ७ हजार ४९९ निको भइसकेका मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । कुल संक्रमितको संख्या १६ हजार १६८ को आधारमा निको हुनेको प्रतिशत ४६.४ रहेको प्रवक्ता गौतमले बताए । उनका अनुसार यसअघि ७७ जिल्लामा नै पोजिटिभ देखिएको मा तेह्रथुम, भोजपुर, सोलुखुम्बु र हुम्ला कोरोनामुक्त भएका छन् ।

प्रकाशित : असार २३, २०७७ १७:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?