२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

कोरोना संक्रमितको संख्या १६ हजार नाघ्यो

काठमाडौँ — नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १६ हजार नाघेको छ । गएको २४ घन्टामा २०४ जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या १६ हजार १६८ पुगेको बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता जागेश्वर गौतमले जानकारी दिएका हुन् ।

कोरोना संक्रमितको संख्या १६ हजार नाघ्यो

गएको २४ घन्टामा आरटी पीसीआर टेस्ट ६ हजार १३३ जनाको परीक्षण गरिएको छ । हालसम्म २ लाख ६१ हजार ८६१ जनाको पीसीआर भएको प्रवक्ता गौतमले जानकारी दिए । उनका अनुसार क्वारेन्टाइनमा रहनेको संख्या २५ हजार ७२७ र आइसोलेसनमा रहनेको संख्या ८ हजार ६३४ जना रहेको छ ।

नयाँ संक्रमित हुनेहरुको जिल्लागत विवरण

बाजुरा ५४

काठमाडौं १४

अछाम ११

बैतडी ११

ललितपुर १०

महोत्तरी ९

धनुषा ८

अर्घाखाँची ८

डोटी ७

मोरङ ६

डडेलधुरा ६

रुकुम पश्चिम ५

नवलपरासी पश्चिम ५

सल्यान ५

सप्तरी ४

भक्तपुर ४

सुनसरी ३

गोरखा ३

मकवानपुर ३

सर्लाही ३

सुर्खेत ३

दाङ ३

तनहुँ २

पाल्पा २

बर्दिया २

झापा १

सिन्धुली १

धादिङ १

कास्की १

लमजुङ १

नुवाकोट १

पर्सा १

रामेछाप १

रुपन्देही १

बागलुङ १

कपिलवस्तु १

रुकुम पूर्व १

प्रकाशित : असार २३, २०७७ १६:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?