कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

सरिता गिरीलाई सांसद पदबाट हटाउन सिफारिस

काठमाडौँ — समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई पदबाट हटाउन सिफारिस गरिएको छ । पार्टी महासचिव रामसाहयप्रसाद यादव नेतृत्वको कार्यदलले गिरीलाई मंगलबार सांसद पद र पार्टीको साधारण सदस्यबाट हटाउन सिफारिस गरेको हो ।

सरिता गिरीलाई सांसद पदबाट हटाउन सिफारिस

पार्टी संसदीय दलको निर्देशन र ह्वीप नमानेका कारण गिरीलाई पार्टी र सांसद पदबाट हटाउन सिफारिस गरिएको कार्यदल सदस्य मोहम्मत इस्तियाक राईले कान्तिपुरलाई जानकारी दिए ।

संविधानको अनुसूची ३ मा रहेको निसान छाप परिवर्तनका लागि कालापानी, लिपुलेक र लिम्पियाधुरा समावेश गरिएको नक्सा संशोधनका लागि ल्याइएको संविधान संशोधन विधेयकको उनले विरोध गरेकी थिइन् । उक्त विधेयकमाथि गिरीले संशोधन प्रस्तावसमेत दर्ता गराएकी थिइन् । पार्टी प्रमुख सचेतक उमाशंकर अरगरियाले संशोधन प्रस्ताव फिर्ता लिन भन्दै गिरीलाई निर्देशन दिए पनि उनले मानेकी थिइनन् ।

संविधान संशोधन प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने दिन पार्टीको ह्विपविपरीत संसद्‌मा उपस्थित भएर उनले संशोधन प्रस्तावको विरोध गर्दै बाहिष्कार गरेकी थिइन् ।

प्रकाशित : असार २३, २०७७ १५:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?