झ्यालबाट देखिने उत्कृष्ट ५ तस्बिर सार्वजनिक

काठमाडौँ — लकडाउनमा घर बसाइको समयलाई सिर्जनात्मक बनाउने उद्देश्यले नेपाल पर्यटन बोर्डले आह्वान गरेको ‘झ्यालबाट देखिने सुन्दर दृश्य’ फोटो प्रतियोगितामा सहभागीमध्येका उत्कृष्ट ५ तस्बिर आइतबार सार्वजनिक गरिएको छ ।

झ्यालबाट देखिने उत्कृष्ट ५ तस्बिर सार्वजनिक

बोर्डले देशभरबाट सहभागी ७ सय बढी तस्बिरबाट फोटोग्राफरहरु प्रबिन श्रेष्ठ, उमेश स्थापित, सुशिल पौडेल, साम्दे शेर्पा र कमल कडेंलका उत्कृष्ट ५ वटा तस्बिर सार्वजनिक गरेको हो ।

यस प्रतियोगिताको मुख्य निर्णायकमा वरिष्ठ फोटोपत्रकार नरेन्द्र श्रेष्ठ थिए । बोर्डले आफ्नो ठाउँलाई प्रचार गर्ने उद्देश्यका साथ यो प्रतियोगिता आयोजना गरेको थियो ।

प्रतियोगितामा नेपालको कुनै ठाउँको प्राकृतिक सौन्दर्य, संस्कृति, पर्यटन गतिविधि वा केही पनि सान्दर्भिक तस्बिरहरु अनलाइनबाट पठाउन आह्वान गरिएको थियो ।

नेपाल पर्यटन बोर्डले विजयी पाँचै जनालाई जनही १० हजार नगद पुरस्कार प्रदान गर्ने छ ।

बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीले आगामी दिनहरुमा पनि नेपाल प्रवर्द्धन गर्ने अभियान जारी रहने भनेका छन् ।

प्रकाशित : असार २१, २०७७ २०:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?