१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

फेसबुक लाइभ गरेर आत्महत्या

चितवन — सामाजिक सञ्जाल फेसबुकमा लाइभ गरेर चितवनमा पनि एकजना युवतीले आत्महत्या गरेकी छन् । केही दिनअघि दाङमा पनि यस्तै घटना भएको थियो । 

चितवन जिल्ला प्रहरी कार्यालयबाट प्राप्त विवरण अनुसार शनिबार राति पौने ९ बजेतिर भरतपुरको स्याउली बजारमा एकजना १९ वर्षीया युवतीले झण्डिएर आत्महत्या गरेकी हुन् ।

उनले फेसबुकमा लाइभ भएर आत्महत्या गरेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुभास भट्टले जानकारी दिए ।

भरतपुर महानगरपालिका घर भएकी ती युवतीले भरतपुरमा बसेर उनले ब्युटि पार्लर र अनलाइन व्यवसायको काम गर्दै आएको प्रहरी निरीक्षक भट्टले बताए ।

घटनास्थल चितवन जिल्ला प्रहरी कार्यालयबाट लगभग पाँच सय मिटर दक्षिणमा पर्छ । आत्महत्या गर्नुको कारण नखुलेको प्रहरीले जनाएको छ ।

प्रकाशित : असार २१, २०७७ १९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?