कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मदरसाहरूको अभिलेखिकरण गर्न मुस्लिम आयोगलाई संसदीय समितिको निर्देशन

काठमाडौँ — प्रतिनिधि सभाअन्तर्गतको महिला तथा सामाजिक समितिले मदरसाहरूको अभिलेखिकरण गरी व्यवस्थित गर्न मुस्लिम आयोगलाई निर्देशन दिएको छ । समितिको आइतबारको बैठकले चालु आर्थिक वर्षमा मुस्लिम आयोगबाट भए गरेका कामहरूबारे छलफल गरेपछि उक्त निर्देशन दिएको हो । 

मदरसाहरूको अभिलेखिकरण गर्न मुस्लिम आयोगलाई संसदीय समितिको निर्देशन

समितिले आयोगलाई दिएको निर्देशनमा भनिएको छ, 'आफ्नो कार्यक्षेत्र भित्रका विषयमा स्पष्ट एवं एकीकृत कार्ययोजना बनाई यो समुदायलाई राजनीतिक, आर्थिक, सामाजिक, प्रशासनिक, शैक्षिक लगायतका क्षेत्रमा मूलप्रवाहीकरणमा ल्याउन, यो समुदायभित्र रहेका कुरीति, कुप्रथा एवं लैंगिक लगायतका हिंसाहरूलाई प्राथमिकताका साथ नियन्त्रण, न्यूनिकरण गर्न, मदरसाहरूको अभिलेखिकरण गरी व्यवस्थित गर्न, गराउन, मदरसा शिक्षाको सम्बन्धमा स्पष्ट नीति अवलम्बन गर्न, गराउन समिति आयोगलाई निर्देशित गर्दछ ।'

आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले पर्याप्त बजेट नभएको बताएका थिए । समितिले आयोगका प्रतिफलदायी कार्यक्रम कार्यान्वयनमा समस्या आउन नदिनका लागि सरकार र अर्थमन्त्रालयको ध्यानाकर्षण गराएको छ ।

प्रकाशित : असार २१, २०७७ १३:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?