कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

राष्ट्रपति निवासबाट बालुवाटार पुगे दाहाल, ओली-दाहाल कुराकानी

'राष्ट्रपतिलाई महाअभियोग लगाउने हल्ला सत्य नभएको स्पष्टोक्ति'

काठमाडौँ — राष्ट्रपतिसँग सामूहिक भेटपछि नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री केपी ओलीसँग भेट गर्न बालुवाटार पुगेका छन् । अहिले बालुवाटारमा प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच वार्ता चलेको छ ।

राष्ट्रपति निवासबाट बालुवाटार पुगे दाहाल, ओली-दाहाल कुराकानी

वार्तामा ओली र दाहालका अलावा नेकपाका नेताहरु महासचिव विष्णु पौडेल, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, ऊर्जामन्त्री वर्षमान पुन र स्थायी कमिटी सदस्य जनार्दन शर्मा सहभागि छन् ।

यसअघि वरिष्ठ नेताहरू माधवकुमार नेपाल र झलनाथ खनालसहित दाहाल राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न पुगेका थिए । दाहाल लगायतका नेताहरूले राष्ट्रपतिलाई महाअभियोगको हल्ला सत्य नभएको भन्दै विश्वस्त हुन आग्रह गरेको नेकपाका एक नेताले बताए । यो हल्ला बालुवाटारबाटै फैलाइएको भन्दै उनीहरूले राष्ट्रपतिको संस्थालाई आफूहरूले विवादमा नपार्ने बताएका थिए । पार्टीभित्रको आन्तरिक विवादमा राष्ट्रपतिलाई तान्नेगरी प्रधानमन्त्रीले अभिव्यक्ति दिएको भन्दै नेताहरूले राष्ट्रपतिलाई प्रयोग नहुन पनि आग्रह गरेका थिए ।

स्थायी कमिटीमा प्रधानमन्त्रीको राजीनामा मागिएपछि नेकपामा केही दिनदेखि विवाद चलिरहेको छ। पार्टी फुटको संघारमा पुगेको भन्दै दोस्रो तहका नेताहरू पनि सक्रिय भएका छन् ।

प्रकाशित : असार २१, २०७७ १२:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?