राष्ट्रपतिलाई भेटेर फर्किएलगत्तै प्रधानमन्त्री ओली मन्त्रीहरूसँगको छलफलमा 

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीचको भेटवार्ता सम्पन्न भएको छ । प्रधानमन्त्री ओली राष्ट्रपति भण्डारीलाई भेट्न शनिबार साँझ शीतल निवास पुगेका थिए । त्यहाँबाट फकिएलगत्तै प्रधानमन्त्री ओली मन्त्री र राज्यमन्त्रीहरूसँग छलफलमा जुटेका छन् । 

राष्ट्रपतिलाई भेटेर फर्किएलगत्तै प्रधानमन्त्री ओली मन्त्रीहरूसँगको छलफलमा 

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच करिब एक घन्टा छलफल भएको थियो । राष्ट्रपतिसँगको छलफल सकिएलगत्तै बालुवाटारमा प्रधानमन्त्री ओली अहिले मन्त्री र राज्यमन्त्रीहरूसँग छलफलमा जुटेका हुन् ।

प्रधानमन्त्रीले समसामयिक विषयमा मन्त्री र राज्यमन्त्रीहरूसँग छलफल गरिरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्तारुढ नेकपाले पार्टी अध्यक्ष र प्रधानमन्त्रीबाट राजीनामा गर्न भनेर स्थायी कमिटी बैठकमा दबाब बढाएको छ । स्थायी कमिटीको दबाबका बीच प्रधानमन्त्रीले संसद अधिवेशन अन्त्यका लागि राष्ट्रपति समक्ष सिफारिस गरेका थिए । जसअनुसार नै संसद अधिवेशन गत बिहीबार अन्त्य भएको छ ।

प्रकाशित : असार २०, २०७७ २०:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?