२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

मन्त्रीहरुलाई ७ बजे बालुवाटार बोलाइयो, प्रधानमन्त्री पुगे शितल निवास

काठमाडौँ — पार्टीभित्र आन्तरिक विवाद चलिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुलाई साँझ ७ बजे बालुवाटार बोलाएका छन् । मन्त्रिपरिषद् बैठकका लागि भने नबोलाइएको र कुनै विषयमा छलफल गर्न खोजिएको हुनसक्ने एक मन्त्रीले बताए । छलफलमा राज्यमन्त्रीहरुलाई समेत बोलाइएको छ । मन्त्रिपरिषद् बैठकमा राज्यमन्त्रीहरु उपस्थित हुँदैनन् । 

मन्त्रीहरुलाई ७ बजे बालुवाटार बोलाइयो, प्रधानमन्त्री पुगे शितल निवास

प्रधानमन्त्री ओली केहीबेर अघि राष्ट्रपति निवास पुगेका छन् । दल विभाजन सम्बन्धि अध्यादेश ल्याउने चर्चा चलिरहेका बेला प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न पुगेका हुन् । शितल निवासमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच कुराकानी भइरहेको राष्ट्रपतिका स्वकिय सचिव सचिव भेषराज अधिकारीले बताए । कुराकानी के विषयमा चलिरहेको भने उनले खुलाएनन् ।

बिहीबारमात्रै सरकारको सिफारिसमा राष्ट्रपतिले संसदको चालु अधिवेशन अन्त्य गरेकी थिइन् ।

आफ्नै पार्टी नेकपाका नेताहरुले राजीनामा मागिरहेको र पार्टी बैठकसमेत स्थगित भइरहेको बेला मन्त्रीहरुलाई बोलाइएको हो । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाललगायत नेताहरुले स्थायी कमिटी बैठकमा राजीनामा मागेपछि प्रधानमन्त्री ओली बैठकमै जान छोडेका छन् । शनिबारका लागि बोलाइएको स्थायी कमिटी बैठक अन्तिम समयमा स्थगित गरिएको थियो ।

प्रकाशित : असार २०, २०७७ १८:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?