कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

पछिल्लो २४ घन्टामा २७२ जना डिस्चार्ज

काठमाडौँ — नेपालमा कोरोना भाइरस संक्रमण निको भएर पछिल्लो २४ घन्टामा २७२ जना डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न अस्पतालको आइसोलेसनमा उपचाररत संक्रमित २७२ जना निको भर शनिबार घर फर्किएको जानकारी दिएको हो । यो सँगै हालसम्म निको हुनेको संख्या ६ हजार ४१५ पुगेको छ । 

पछिल्लो २४ घन्टामा २७२ जना डिस्चार्ज

मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार शनिबारसम्म पीसीआर विधिबाट २ लाख ४६ हजार २९७ परीक्षणहरु गरिएका छन् । गएको २४ घन्टामा भने जम्मा ४ हजार ५० परीक्षण भएका छन् ।

हालसम्म क्‍वारेन्टाइनमा रहनेको संख्या ३३ हजार १२५ जना रहेका छन् । त्यसैगरी आइसोलेसनमा रहनेको संख्या ९ हजार ४२ जना रहेको छ ।


प्रकाशित : असार २०, २०७७ १६:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?