कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

बझाङमा पहिरोले १७ घर बगायो

वसन्तप्रताप सिंह

बझाङ — शनिबार बिहान गएको पहिरोले बझाङमा १७ घर बगाएको छ । केदारस्युँ गाउँपालिका वडा नं ८, मल्लेसी गाउँमा पहिरोले घर बगाएको हो । पहिरोबाट ठूलो मानवीय क्षति भएको अनुमान छ ।

बिहान २ बजेतिर पहिरो गएको हो । पहिरो गएको गाउँमा प्रहरी सहितको उद्धार टोली बिहानै गएको भए पनि पुग्‍न सकेको छैन । मल्लेसी जाने बाटो खोलैखोला भएर जानु पर्ने र माथीबाट पहिरो खसिरहेका कारण उद्धार टोली त्यहाँ पुग्न नसकेको स्थानिय दिपक बोहराले बताए । बोहराले ५ जनाको शव भेटिएको र २८ देखी ३० जना सम्म बेपत्ता रहेको अपुष्ट जानकारी आएको बताए ।

उद्धार गर्न गएको प्रहरी टोलीले बाटो बनाएर घटनास्थल जाने प्रयास गरिरहेको डिएसपी गणेश बमले जानकारी दिएका छन । यद्यपी त्यहाँ उद्धार टोली पुग्नका लागि अझै दुइ घण्टा भन्दा बढी लाग्‍न सक्ने उनले बताए ।

बझाङकी प्रतिनिधी सभा सदस्य आसा विकले हेलिकप्टर मार्फत उद्धार टोली घटनास्थल पठाउनका लागि प्रयास भैरहेको जानकारी दिएकी छन् ।

प्रकाशित : असार २०, २०७७ ०९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?