राजधानीमा पत्रकारको प्रदर्शन

काठमाडौँ — नेपाल पत्रकार महासंघले पत्रकारहरूको पेसागत सुरक्षा माग गर्दै शुक्रबार राजधानीमा प्रदर्शन गरेको छ । कोभिड–१९ संक्रमणले सिर्जित समस्याका कारण सञ्चार गृहहरूले पत्रकारलाई अवकाश दिन, सेवा–सुविधा कटौती गर्न थालेपछि महासंघको आह्वानमा विरोध प्रदर्शन भएको हो ।

राजधानीमा पत्रकारको प्रदर्शन

पत्रकारका संगठनहरूको समेत सहभागिता रहेको विरोध प्रदर्शनमा श्रमको सुरक्षा हुनुपर्ने, तलब र सेवा सुविधा दिनुपर्नेलगायत माग पत्रकारहरूले राखेका थिए । प्रदर्शनलाई सम्बोधन गर्दै महासंघका अध्यक्ष गोविन्द आचार्यले सञ्चार गृहहरूले पत्रकारलाई काम गर्ने वातावरण बनाउनुपर्ने बताए । ‘तलबको समस्या छ, सार्वजनिक सवारी नचलेकाले कति पत्रकारले अफिस आएर काम गर्न सकेका छैनन्,’ उनले भने, ‘समस्या भएका पत्रकारलाई काम गर्ने वातावरण बनाउनुपर्छ ।’

महासंघका महासचिव रमेश विष्टले पत्रकारहरूलाई शोषण गर्न नपाइने बताए । उनले प्रेस स्वतन्त्रताका लागि लडेका पत्रकारलाई अहिले केही समस्या भयो भन्ने नाममा सेवाबाट हटाउन र तलब कट्टा गर्न नहुने बताए । सञ्चार गृहले आफ्नो विगतको मुनाफाबाट पनि अहिले खर्च गरेर पत्रकारहरूको पेसागत सुरक्षा गर्नुपर्ने बताए ।

प्रकाशित : असार १९, २०७७ २०:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?