कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

अबदेखि क्यान्सर तथा मधुमेहका बिरामीको पनि कोरोना परीक्षण :  स्वास्थ्य मन्त्रालय

काठमाडौँ — अबदेखि क्यान्सर र मधुमेहका बिरामीको पनि कोरोना परीक्षण हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबारदेखि कोरोना परीक्षणको दायरा फराकिलो बनाएको भन्दै त्यस्ता बिरामीहरुको परीक्षण गर्ने व्यवस्था मिलाइएको बताएको हो । 

अबदेखि क्यान्सर तथा मधुमेहका बिरामीको पनि कोरोना परीक्षण :  स्वास्थ्य मन्त्रालय

मन्त्रालयले आयोजना गर्ने नियमित कोभिड १९ प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले इमर्जेन्सी र आईसीयूमा भर्ना हुने बिरामीका पनि कोरोना परीक्षण गरिने बताए । त्यसैगरी पकेट क्षेत्रमा बसोबास गर्ने मानिस र स्वास्थ्यकर्मीहरुको पनि कोरोना परीक्षण गर्ने मन्त्रालयले जानकारी गराएको छ ।

मन्त्रालयले क्लीनिकल समन्वय समितिको छलफलबाट सरकारी, सामुदायिक तथा निजी अस्पतालमा बिरामीको उपचार गर्ने व्यवस्था मिलाइएको जनाएको छ ।

प्रकाशित : असार १९, २०७७ १७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?