२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

ओली-दाहालको छलफल सकियो

काठमाडौँ — प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीचको छलफल सकिएको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा करिब तीन घण्टा छलफल भएको थियो । 

ओली-दाहालको छलफल सकियो

छलफलमा महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मा पनि सहभागी थिए ।

पार्टीमा देखिएको संकट समाधानका लाागि भन्दै नेकपाले जारी स्थायी कमिटी बैठक स्थगित गरेर शीर्ष नेताहरु छलफल जुटेका हुन् । नेकपा स्थायी कमिटी बैठकमा ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने माग उठेपछि पार्टीभित्र विवाद उत्कर्षमा पुगेको छ ।

शुक्रबारको छलफलमा दुई नेताबीच ठोस सहमति नभएको नेता शर्माले बताए । 'नेताहरुबीच खुला खुला छलफल भयो । विषयवस्तुमा ठोस सहमति भएको छैन । अर्को राउण्ड फेरि छलफल हुने भएको छ,’ नेता शर्माले भने ।

प्रकाशित : असार १९, २०७७ १५:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?