अनशनरत युवालाई भेट्न अस्पताल पुगे प्रधानमन्त्री

'म नै आएँ, सरकारको पर्याप्त ध्यानाकर्षण भएको छ । माग पूरा हुन्छ । अनशन तोड्नुस् ।'

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारविरुद्ध अनशनरत अस्पताल भर्ना गरिएका इसान अधिकारी र पुकार बमलाई भेटेका छन् । बिहीबार साँझ धुम्बाराहीस्थित ह्याम्स अस्पताल पुगेर ओलीले उनीहरुको स्वास्थ्य अवस्था बुझेका प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

अनशनरत युवालाई भेट्न अस्पताल पुगे प्रधानमन्त्री

सरकारले कोभिड १९ विरुद्धको प्रतिकार्य प्रभावकारी ढंगले चलाउन नसकेको, पीसीआर परीक्षण बढाउनु पर्ने लगायत माग राखी अधिकारी, बम लगायत ललितपुरको पाटन दरबार स्क्‍वायरमा एक सातादेखि अनशनमा बसेका थिए ।

प्रधानमन्त्रीले आफू भेट गर्न आएको भन्दै माग पूरा गर्ने बताएका थिए । प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै प्रेस सल्लाहकार सूर्य थापाले भने, 'म नै आएँ, सरकारको पर्याप्त ध्यानाकर्षण भएको छ । माग पूरा हुन्छ । अनशन तोड्नुस् ।'

जवाफमा अनशनरत युवाले आफूहरुका केही माग रहेको भन्दै छलफलका लागि कुनै माध्यम बनाइदिन प्रधानमन्त्री ओलीसँग आग्रह गरेका थिए ।


तस्बिर : कविन अधिकारी/कान्तिपुर

प्रकाशित : असार १८, २०७७ २०:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?